मलाई के लागेको थियो भने सधै १५ मिनेटमा पुग्न सक्ने त्यो एकान्त जंगलमा आज १ घण्टामा त अबश्य पनि पुग्छु किनभने आज अरु दिनको जस्तो तागत थिएन मेरो शरीरमा । डाक्टरले मलाई अब एक घण्टा भन्दा वढी वाच्न नसक्ने वताएका थिए । त्यसैले पनि मैले जंगलको वाटो समाते किनकी मलाई मानिस भएको ठाउँमा सकभर मर्न नपरे हुन्थ्यौ भन्ने लागेको थियो । गाउँमा मरेमा मलाई कसैले पनि चिन्न सक्दैनथे । सवैले मेरो वेवारिसे लाशलाई छि छि र धुर धुर गर्थे । मैले सोचे म मर्नका लागि त्यो एकान्त जंगल नै उपयुक्त छ । म छिटो छिटो दौडन थाले जंगल तर्फ । तर अकस्मात म दौडदा दौडदै म एउटा ठुलो ढुंगामा ठोक्कीन पुगे उठ्ने प्रयास गरे अहँ सकिन मेरो पहिले नै भाँचिएको दाहिने खुट्टा फेरी भाँचिएछ । अब मसँग त्यही गाउँमा मेरो मृत शरीरलाई समर्पण गर्नु वाहेक अरु कुनै विकल्प थिएन । म बाटोको छेउमा रहेको एउटा रुखको फेंदमा अडेस लागेर मलाई मर्छ भनी डाक्टरले दिएको समय हेर्न हातमा लगाएको घडी तर्फ आँखा पुर्याए जुन घडी मलाई तिमीले प्रेमपुर्वक मायाको चिनो भनी दिएकी थियौ । तर त्यो घडी बन्द भैसकेको रहेछ । घडीका पुर्जा चल्न छाडे पछि मलाई आभाश भयो एक घण्टा पुरा भएछ अब मेरा शरीरका पाटपुर्जा पनि चल्न छाडे म मरे त्यही ठाउँमा मरे ।
म मरे पछि मैले सोचे झै त्यहा मानिसहरु जम्मा हुन थाले । उनीहरु मेरो लाशको नजीक आएर गाइँ गुइँ गर्न थाले । कसैले भने कहाबाट आएर यसलाई यही गाउँमा मर्न परेको होला । अर्काले थपे जिन्दगीभरि पाप गरेको थियो होला त्यसैले मर्ने बेलामा पनि यसका कोही भएनन् । अर्को तन्नेरी चिच्चायो यो पुलीस केस हुन सक्छ अब यसले सारा गाउँलेलाई प्रहरीकहाँ पुर्याउने भयो । यस्तै यस्तै नानाथरी कुरा गर्दै गए गाउँलेहरु । उनीहरुलाई मेरो लाशको अन्तेष्ठीको कुराले सवैभन्दा वढी पिरलिरहेको थियो । म भने मेरो लाशलाई अब धेरै रमिते नबनाएर छिटो अन्त्यष्ठि गरे हुन्थ्यौ भन्ने चाहान्थे ।
त्यस पछि अचम्म भयो त्यो भिडमा तिमी देखियौ र तिमीसँग अर्को एक मानिस पनि थियो । मेरो मनमा एकै पटक धेरै आशा पलायो । म अब एक्लो र कोही नभएको भईन । वाँच्दा सम्म तिम्रो साथ नपाए पनि मर्दा त पाए भन्ने भयो मलाई । म खुसी भए धेरै रमाए ।
तिमी र तिमीसँगै आएको मानिस मेरो लाश नजिकै आयौ । म अझै खुसी भए । तर विडम्वना मेरो खुसी केही पल पनि रहेन । तिमी मुख खुम्चाउदै कराउन थाल्यौ यो मर्न नसकेको असती यहाँ आएर पो मरे छ । यसको मुख कहिल्लै हेर्न नपरोस भनेको त मर्दा पनि छाडेन पापीले । यसको लाशमा किरा परुन । यस्तै यस्तै नानाथरी भन्दै गयौ ।
मैले सुने तिमीसँगै आएको मानिसले तिमीलाई उड्ने समय भयो एयरपोर्ट तीर जाउँ भनेर कर गरिरहेको थियो तर तिमीले मानिरहेकी थिईनौ । हुन त अब तिमी त्यहा रहनु र नरहनुमा मेरो लागि कुनै अर्थ थिएन ।
त्यस पछि मैले सुने तिमीले भैरवको मन्दिरमा जाने कुरा गरिरहेको । अनि तिमी दुई जना त्यहाबाट हिडेयौ । मलाई लाग्यो म मरे पछि शायद तिम्रो भाकल पुरा भएछ त्यसैले भैरवलाई रोट चडाउन तिमीहरु भैरवको मन्दीर तर्फ गयौ ।
मेरो लाश त्यही थियो । गाउँलेहरुले निकास निकाले वर्षाको बेला गण्डकीमा भेल वढेको छ त्यही लगेर फालिदिने बगाउछ । उनीहरुले मेरो लाशलाई त्यही भेलमा फाले झ्याम्म।
कता कता छोरीले बाबा बाबा भन्दै चिच्याएको सुने । निद्रा खुल्यो म त सुतिरहेको खाटबाट भुइमा पो लडेको रहेछु । हतपत मेरो भाँचीएको खुट्टा छामे सग्लै थियो । घडी हेरे विहानको तीन वजेको थियो । तिमीलाई खोज्न सडकतिर दौडिए अहँ सधै झै आज पनि तिमीलाई भेटाईन ।
प्रिय तिमी कहाँ छौ हेर त तिमीले यो घर छाडेको पनि आज ६ वर्ष पुगीसके छ ।
विस्थापित सम्बन्ध
हलुका नीलो रङको साडी र त्यो साडीसँग सुहाउँदो ब्लाउज लगाएकी एउटी महिला भरतपुर विमानस्थलको प्रतीक्षालयभित्र प्रवेश गरिन् । "ए, ऊ त मेरी साथी मृदुला !, कति सफा, सुग्घर र चिटिक्क परेकी ! राम्री । चालीस वर्ष पुगेकीजस्ती पनि नलाग्ने । अनुहार पनि भर्खरकी तरुनीको जस्तो चिन्नै गाह्रो । उससँग हाँसीहाँसी कुरा गर्ने केटा चाहिँ को होला ? सायद उसको देवर होला ! " मैले मनमनमा कुरा खेलाएँ तर उसले भने मलाई चिन्दैनचिनेजस्तो गरेर अर्कै दिशातर्फ मुख फर्काएर गई । म भने उसलाई हेरेको हेरेकै भएँ ।
मृदुला र म बाल्यकालदेखिकै साथी तर आज मलाई देखेको नदेखेझैँ गरेर गई । मेरो असाध्यै चित्त दुखेर आयो । मृदुला र मेरो घर सँगसँगै जोडिएको थियो । हामी एकदमै मिल्ने साथी थियौँ, हामी एउटै स्कुलमा र एउटै कक्षामा पढ्थ्यौँ । सँगै स्कुल जान्थ्यौँ र सँगै फर्कन्थ्यौँ । हामीलाई सबैले एउटा चिम्टाका दुई हात भनेर जिस्क्याउँथे ।
हामी १० कक्षामा पुग्यौँ । हाम्रो यौवन फूलझैँ फक्रेर आयो । स्कुलभरिका केटाकेटीहरूमध्ये मृदुला सबैभन्दा राम्री थिई । त्यसमाथि उसको चञ्चले स्वभावले गर्दा उसमा झन् हिस्सी थपिएको थियो । देख्नेबुझ्नेहरूका सामु उसको सुन्दरता चर्चाको विषय बन्यो । उसको सुन्दरता र हिस्सीको सुगन्ध उडेर काजी सूर्यमानको घरसम्म पुग्यो । उनी नेपाल सरकारको उच्च ओहदामा पुगेका व्यक्ति थिए । उनका छोरा शरदमानले मृदुलालाई असाध्यै मन पराए । फलस्वरूप शरदमानको घरबाट मृदुलाको हात माग्न आए । मृदुलाका आमाबाबु त्यति धनी घरबाट छोरी माग्न आएकोमा हर्षले गद्गद् भए । केटा र केटीको चिना पनि मिल्यो । केही दिनपछि शरदमानसँग मृदुलाको बिहे धुमधामसँग भयो । सामान्य परिवारकी केटी उच्च वर्गकी बुहारी हुन पुगेकोमा उसको भाग्य देखेर धेरैलाई ईर्ष्या पनि लागेर आएको थियो ।
सुपारी दिनेदेखि मुख हेर्ने दिनसम्म राम्राराम्रा लुगामा सजिएर भोजमा सरिक हुन पाएकोमा उसका साथीहरू पनि सबै मख्ख थिए । मृदुला पनि राम्रो, धनी र शिक्षित केटासँग बिहा भएको हुँदा धेरै नै खुसी थिई ।
पुराना कुरा सम्झँदासम्झँदै म एकाएक झसङ्ग भएँ । हवाईजहाज उड्ने बेला भएको घोषणा ठूलठूलो स्वरमा दोहोरिइरहेको थियो । मेरा आँखाले भने मृदुलालाई नै खोजिरहेका थिए । ऊ मभन्दा केही परपट्टकिो कुनाको एउटा मेचमा बसिरहेकी थिई । उसले मलाई नदेखेजस्तो गरेको कुरा सम्झेर मलाई उसप्रति रिस उठिरहेको थियो तर उसले साँच्चै नै नदेखेकीले त्यस्तो गरेकी पनि हुनसक्छे भनेर मैले चित्त बुझाएकी थिएँ । मेरा पाइला अनायास ऊ भएतिर सरेर गए ।
"मृदुला ! तिमीले मलाई चिनिनौ ?" मैले प्रश्न गरेँ । ऊ खङ्ग्रङ्ग भई । "अनि मलिनो अनुहार लगाउँदै बिस्तारै बोली- त्यस्तो होइन ।"
"किन नचिनेजस्तो गरेकी त ?," मैले फेरि थपेँ ।
"सबै कुरा थाहा हुँदाहुँदै तिमीले मलाई जिस्काइरहिछौ," उसले हलुकासँग जवाफ दिई ।
"अहँ, मलाई त केही थाहा छैन," मैले जिज्ञासा प्रकट गरेँ ।"
"अरूले जस्तै तिमीले पनि मलाई घृणा गरौली भन्ठानेर मैले तिमीलाई नचिनेजस्तो गरेकी हुँ," उसले स्पष्टीकरण पेस गरी ।
"मलाई तिम्रो बारेका केही थाहा छैन । बरू तिमीलाई यहाँ देखेर मलाई आश्चर्य लागिरहेछ । मैले तिमीलाई प्रत्यक्षरूपमा नभेटे पनि ठूलठूला कार्यक्रमहरूमा तिम्रो श्रीमान्सँगै टी.भी.मा देख्थेँ तर हिजोआज भने किन देखिन छोड्यौ भनेर मलाई खुल्दुली भइरहन्थ्यो," मैले भनेँ ।
"पन्ध्र वर्ष जति भइसक्यो, मेरो श्रीमान्को भरतपुर शाखामा सरुवा भएको हुँदा म पनि यहीँ छु । यसबीच मेरो कसैसँग पनि भेटघाट भएको छैन । आमाबाबु बितेपछि दसैँतिहारमा माइत पनि गएकी छैन । चाडपर्वहरू पनि यतै मनाउने गरेकी छु । छोराछोरीहरू पनि यहीँको स्कुलमा पढ्छन् । जरुरी काम परेको बेलामा मात्र म उता जाने गरेकी छु । त्यसैले मलाई त्यतातिरको कुरा केही थाहा छैन," मैले पनि उसलाई आफ्ना कुरा बताएँ ।
"मैले तिमीलाई घृणा गर्नुपर्ने काम के गरेकी छौ र मृदुला तिमीले," मैले फेरि प्रश्न गरेँ ।
"म मेरो श्रीमान्को घर छोडेर यहीँ भरतपुरको एकजना डाक्टरसँग बसेकी छु," उसले स्पष्टरूपमा जवाफ दिई ।
उसको जवाफ सुनेर मेरो शरीरमा तातोपानी खन्याएझैँ भयो । "तिमीले यस्तो काम किन गर्यौ
मृदुला ? तिम्रा दुईदुई जना छोरा छन् । तिम्रो श्रीमान् पनि असल नै छन् जस्तो लाग्छ । त्यस्तो सम्पन्न घरपरिवार छोडेर परपुरुषसँग बसेको मलाई त ठीक लागेन । तिमीले यस्तो गरौली भनेर मैले त कल्पना पनि गरेकी थिइनँ । तै पनि तिमीले के कारण त्यस्तो गर्नु पर्यो, भन त ?" मैले फेरि अर्को प्रश्न तेस्र्याएँ ।
"हेर, इन्दु ! तिमी मेरो बाल्यकालदेखिकै साथी हौ । तिमीसँग म के लुकाऊँ ? त्यसैले मनमा उकुसमुकुस भएर बसेका सम्पूर्ण कुरा आज तिमीसमक्ष ओकल्छु ।" यति भनेर गहभरि आँसु लिएर घुँक्कघुँक्क गर्दै ऊ रुन लागी ।
त्यतिबेला हाम्रो एस.एल.सी.को परीक्षा चल्दै थियो । म सत्र वर्षमा टेक्दै थिएँ । म साथीहरूसँग धेरै हाँसखेल गथर्ेें । न्यायाधीशजस्तो ठूलो ओहदा र धनी मानिससँग मेरो विवाह भयो । केटाको उमेर मेरोभन्दा १२ वर्ष बढी भए पनि उनीहरूको सामाजिक इज्जत र वैभवलाई महìव दिएर मेरा आमाबाबुले मलाई उसँग बिहे गरेर पठाए । म पनि न्यायाधीशजस्तो श्रीमान् पाएर ज्यादै खुसी थिएँ । राम्रो घरमा बस्न पाउँदा र महँगामहँगा लुगा लगाउन पाउँदा मेरो मन अत्यन्त रोमाञ्चित थियो । नोकरचाकरबाट पाएको मान र सम्मानबाट म मक्ख परेकी थिएँ । त्यसमाथि पनि श्रीमान्बाट पाएको मायाले गर्दा म यति खुसी थिएँ कि साँच्चै भनूँ भने मेरा पाइला भुइँमा थिएनन् । म आकाशमा कतै विचरण गरिरहेकी हुन्थेँ ।
समयले कोल्टे फेर्यो । बिस्तारै मैले के थाहा पाउँदै आएँ भने देशमा प्रजातन्त्र आएको यतिका वर्ष भए तापनि त्यस घरमा निरङ्कुश शासन चली नै रहेको रहेछ । सासूससुराको अनुमति बिना त्यहाँको एक त्यान्द्रो पराल पनि यताउति चल्न नसक्ने रहेछ । ठूलो स्वरमा बोल्ने र हाँस्ने त के कुरा आफ्नो खुसी र आवश्यकता अनुसार मुख खोल्न र एक पाइला अगाडि पछाडि सार्न पनि समय कुर्नु पर्दो रहेछ । त्यहाँका मानिसहरू सबै निर्जीव प्राणीजस्ता रहेछन् । त्यसैले मलाई त्यो घरमा उकुसमुकुस भएर आउन थाल्यो । मलाई माया गरे पनि मेरो श्रीमान्को कहिलेकाहिँ यसो मीठो कुरा गर्ने र ख्यालठट्टा गर्ने बानी पटक्कै थिएन । त्यहाँ नितान्त आवश्यक कुरा बाहेक अरू कुरा बोल्न निषेध नै थियो ।
"माइतीमा छँदा म एउटी स्वतन्त्र भँगेरी चरी थिएँ ! साथीहरूसँग चारैतिर घुमफिर र हाँसखेल गरी हुर्केकी हुँदा मेरो बानी नै त्यस्तै परेको थियो तर त्यहाँ मलाई हात खुट्टा मात्र होइन, मुख पनि बाँधिराखेजस्तो लाग्न थाल्यो । मेरा आँखाले हेर्ने र देख्ने भनेको वस्तु त्यो घर, त्यहाँका मान्छे र अगाडिको सडक बाहेक केही थिएन । मलाई आफू झ्यालखानाको कैदी भएजस्तो लाग्न थाल्यो । पिँढीबाट बाहिर निस्केर गाडी चढ्ने बित्तिकै सोझै माइतीको घरमा पुर्याएर ओरालिदिन्थे । अरूले देख्दा म असाध्यै भाग्यमानी थिएँ तर सम्पन्न घरमा बस्ने अवसर पाए तापनि पिँजडाभित्र थुनिएको सुगा र मेरो जीवनमा केही फरक थिएन । मेरो चञ्चले र पुल्पुले बानी व्यहोरामा तुषारापात हुँदै गयो । म धेरै गम्भीर हुँदै जान थालेँ । मैले निस्सासिएर सास फेरेको कसैले महसुस गर्न सकेनन् । बिहे भएको पहिलो वर्षमा नै मेरो जेठो छोरो जन्म्यो । ठीक एक वर्ष पनि नबित्दै अर्को छोरा जन्म्यो । दिनहरू बित्दै गए । मेरो श्रीमान्को पदोन्नति हुँदै गयो । मन नलागी-नलागी मलाई उहाँको छायाँझैँ ठूलठूला सभा र भोजभत्तेरहरूमा पछिपछि लाग्नु पर्ने हुन्थ्यो," (हो, त्यस्तै अवसरहरूमा तिमीले मलाई टी.भी.मा देख्यौ हौली ।) उसले भन्दै गई । "अरूको आँखामा म धेरै सुखी थिएँ तर मेरो मनभित्रको घाउ दुखेको देख्ने आँखा कतै थिएनन् । मैले यिनै घाउका पीडाको अनुपातमा सुखको सास फेरेको अभिनय गर्दै जानुपरेको थियो । मेरा मनभित्रका पीडा तहतह लागेर उचालिँदै गए । मेरो छोराहरू जतिजति हुर्कंदै गए, मेरो श्रीमान् मदेखि उतिउति टाढा हुँदै गए । मेरो अनुहारले हाँस्न बिस्र्यो । आँखा टोलाउन थाले । कालान्तरमा म ओछ्यान परेँ ।
मलाई डा. अनिलकहाँ लगियो । निरीक्षणको क्रममा उसले मेरो रोगको जरो पत्ता लगायो । उसले मसँग रमाइलारमाइला कुरा गर्ने र मलाई मन पर्ने क्रियाकलापहरू गर्न थाल्यो । मलाई निको पारिदेला भन्ने आशयले हुन सक्छ, मेरो श्रीमान्ले एउटा मान्छे लगाएर मलाई उसँग घुम्न पनि पठाउनुहुन्थ्यो । म पुनः हाँस्न र बोल्न थालेँ । मेरो अवस्था स्वाभाविक भएर आयो तर मलाई डा. अनिलको उपस्थितिमा मात्र खुसीको अनुभूति हुन्थ्यो ।"
"मेरो रोग सञ्चो भयो । सबै जना खुसी पनि भए । डा. अनिल मेरो घरमा आउन छोड्यो तर मलाई भने एक दिन पनि ऊसँग कुरा गर्न पाइनँ भने नरमाइलो लागेर आउँथ्यो । म एक दिन उसँग टेलिफोनमा कुरा गर्दै थिएँ । मेरो श्रीमान्ले सुन्नुभएछ । उहाँले मलाई परपुरुषसँग धेरै कुरा गर्नु हुँदैन भनेर धेरै सम्झाउनु भयो तर मेरो पवित्र मन फेरि निराशामा बदलिन थाल्यो," उसले भन्दै गई ।
एक दिन मैले अनिलकी श्रीमती र बच्चासमेत दुर्भाग्यवस गाडी दुर्घटनामा परेर मृत्यु भएको दुःखद् खबर सुनेँ । मैले उसलाई सान्त्वना दिन उसँग सम्पर्क गर्न खोजेँ तर सम्भव भएन । अचानक धेरै समयपछि एउटा भोजको कार्यक्रममा उसँग भेट भयो । ऊ भरतपुरको सरकारी अस्पतालमा सरुवा भएर आएको रहेछ । ऊसँग कुरा गरेको देखेर मेरो श्रीमान्ले अप्रिय शब्दहरू बोल्नुभयो जसका कारण म अलिकति द्वन्द्वमा परेँ । त्यसपछि घर पुग्ने बित्तिकै उहाँले मलाई आइन्दा डा. अनिलसँग एक शब्द पनि बोलिस् भने मसँग छुट्टएिर उसैसँग जानु पर्नेछ भन्दै चेतावनी दिनुभयो । फलस्वरूप मेरो पनि क्रोधको पारो चढ्यो ।
"मैले नराम्रो काम केही गरेकी छैन । कुरा मिल्ने मान्छेसँग बोल्दैमा के नै बिग्रन्छ र ?" मैले श्रीमान्लाई सम्झाउने प्रयास गरेँ । "तर उहाँले त उल्टै मलाई सम्झाउने भइस् ?" डा. अनिलले तलाईं मोहनी लगायो कि के हो ? तँ अब मेरो घरबाट निस्की हाल् । उसैसँग गएर बस् । उसकी स्वास्नी पनि मरेकी छ, भन्ने कटु वचन लगाउनुभयो । मेरो मन असाध्यै रोयो । त्यो रात रोएरै कटाएँ । बिहान सबेरै घरको पाँचौ तल्लाबाट हाम फालेर मर्ने बिचारले त्यहाँ पुगेर आँखा चिम्लँदै थिएँ, अचानक मेरा कानमा डा. अनिलको आवाज प्रतिध्वनित भयो, "मृदुला ! स्वन्त्रतापूर्वक बाँच्ने मानिसको नैसर्गिक अधिकार हो । जस्तोसुकै दुःख परे पनि बाँच्ने प्रयास गर," उसको आवाज गुन्जिरह्यो । म निद्राबाट ब्यूँझेझैँ भएँ । औँसीको रातमा म मरेसमान नै थिएँ तर अब सूर्य उदाएपछि किन मरुँ ? मलाई कहिल्यै मर्न नपर्ने गरी बाँच्न मन लाग्यो । यस घरमा मेरो श्रीमान्सँग सम्बन्ध नै के छ र ? मेरो बाध्यता थियो कि मलाई उनको बिछ्यौनाको साथी हुनु परेको थियो । त्यतिमात्र होइन, उनले 'उठ् भन्दा उठ्ने र बस् भन्दा बस्ने' । यहाँ मेरो अस्तित्व अलिकति पनि छैन । त्यसैले मेरो अस्तित्व रक्षाका लागि मेरो इज्जत, मेरो घर, मेरो श्रीमान् र छोराहरू त्यागेर भए पनि एउटी स्वतन्त्र नारीको रूपमा मैले बाँच्नु पर्छ भन्ने अठोट गरेँ र म त्यही दिन घर छोडेर यहाँ आएँ । मलाई डा. अनिलले घर फर्कन धेरै सम्झाए तर मैले घरलाई सदाका लागि त्यागिसकेकी थिएँ," उसले वृत्तान्त सुनाई ।
"आफैँले जन्माएका सन्तानले समेत अहिले मलाई घृणा गर्छन् । म हिँड्ने बाटोहरू सबै बन्द भएका छन् र आज म डा. अनिलको घरको रेखदेख गर्ने सेविका भएकी छु । अहिले म न्यायाधीश शरदमानसँग सम्बन्धबिच्छेद गर्न काठमाडौँ जान लागिरहेछु," यति भनेर उसले मुक्तिको लामो सास फेरी र म तिर हेरी ।
म उसलाई हेरेर मुसुक्क हाँसे । उसको अनुहार पनि हँसिलो भएर आयो ।
(जलेश्वरी श्रेष्ठको जन्म वि.सं. २००३ सालमा वटुटोल, काठमाडौँमा भएको हो । उहाँले बी.ए.सम्म अध्ययन गर्नुभएको छ । उहाँका प्रकाशित कृतिहरूमा लाभाका वाफहरू, परीको घर, मेहनती गौरी, मौन बिद्रोह, तिसाको जन्मदिन आदि कथा र बालसाहित्य कृति रहेका छन् । उहाँ नेपालभाषा र नेपालीमा पनि कलम चलाउनु हुन्छ । प्रस्तुत कथा नेपालभाषा एकेडेमीबाट प्रकाशित 'न्हुगु पला' (मिसा बाखं मुना) कथासङ्ग्रहबाट नेपालीमा अनुवाद गरिएको हो । यस सङ्ग्रहमा नेवारी महिला लेखिकाहरूका कथामात्र समावेश भएका छन् ।)
अन्तिम पत्र
यो अन्तिम पत्र हो । अब तिमीलाई कुनै पत्र लेख्ने छैन । मेरा तिनै गन्थन हुन त्यसैले तिमीलाई वाक्क पनि लाग्न सक्छ, केही समय छ भने अबश्य पनि पढे ।
म धेरै विगतमा जान चाहान्न । सबै कुरा नहुनु थियो तर त्यही भयो अर्थात हामो भेट माया प्रेम अनि समर्पण । भन गल्ती कहाबाट अनि को कोबाट भयो । मेरो बारेमा तिमीलाई सबै कुरा थाहा थियो, मेरो घर अनि परिवारको बारेमा, तिमीलाई कहिले र कुनै कुरा पनि लुकाएको थिईन न लुकाउन जरुरी नै ठाने । समाजको भाषामा हामो सम्वन्ध नाजायज थियो भन्ने कुरा तिमीलाई पनि थाहा थियो र मलाई पनि थाहा थियो तर यती हुदा हुदै पनि त्यसलाई वास्ता गर्ने काम न मबाट भयो न तिमीबाट नै । दिनहरु बित्दै गए, हामी बिच निकै झगडा पनि भए अनि तनाव पनि भए तर यसका बाबजुद पनि हामीबिचको माया मरेन बरू हुर्किदै गयो ।
तर पछिल्ला समयमा तिमीले एक शर्त राख्यौ मैले घर छाडनु पर्छ भनेर । यसमा पनि मेरो विमति केही थिएन तर गाह्रो भने अबश्य थियो, तिमीलाई संझना होला त्यसका लागि तिमीलाई अन्यत्र बसाल्न धेरै ठाउँमा कामको लागी मैले तिम्रै अगाडि त कहिले एक्लै प्रयास गरे तर भाग्यले साथ दिएन । मैले केही गर्न सकिन । किनकि जीवन जिउनका लागि माया मात्र प्रयाप्त हुन्छ भन्ने सतही आडम्वरमा मलाई विश्वास लाग्दैन, आर्थिक संकटले पनि मानिसलाई नरामोसँग गाल्छ, जीवन जिउनका लागि चाहिने न्युनतम आधार नभए माया माया जस्तो हुदैन भनेर मैले हामो लागि यावत प्रयास गरेको थिए तर सकिन । म असफल भए तर पनि म निरास भने भएको थिईन । पछिल्लो समय तिम्रो कामको शिलशिलामा पश्चिमको बसाईले मलाई उत्साहित वनाएको थियो अब हामीले नयाँ जीवन शुरु गर्नु पर्छ भन्ने पनि लागेको थियो तर त्यो लामो समय टिकेन ।
तिमी आयौ र पनि म निरास भने भएको थिएन । संभवत तीन महिना अगाडिको मात्र कुरा हो त्यस्तै एक भेटमा मसँग बिहेको समय मागेकी थियौ म पनि तिमीसँग तीन महिनाकै समय मागेको थिए ।
त्यो तिमो फगत नाटक थियो या के थियो यो त मलाई थाहा भएन तर यो तीन महिनामा तिमीले मप्रति गर्ने भनेको माया तासको घर झै एकै पटक गर्ल्याम्वै ढल्यो । महेशसंगको तिम्रो सम्वन्ध र सुरजसंगको नयाँ सम्वन्धको पर्दाफासले म पछारीए, उठनै नसक्ने गरी । अझ घाउमा नुन चुक त त्यो वेला छरर्यौ जुन दिन तिमीले भन्यौ सुरज र महेशलाई म कहिल्लै भुल्न सक्दिन तपाईको कुनै संझना छैन भनेर ।
वा क्या भन्यौ । सुरज जसले लाउँ लाउँ र खाउँ खाउँ भन्ने उमेर र रहरमा १ वर्ष सम्म तिम्रो सतीत्व लुटेर सधैका लागि गायव भयो अर्को स्वास्नी च्यापेर । अनि महेश रक्सीले मातेर च्याट र फेसवुकमा तिम्रो यौवनलाई खेलाउदै तिमीलाई अजम्वरी सपना देखाउदै भुलाउदै गयो । अनि उनीहरुका अगाडी मेरो निस्वार्थ माया तिमो लागि घृणित हुदै गयो ।
त्यस पछि मैलै के गर्नु पर्थ्यो की तिमीसँग कहिल्लै नवोल्नु पर्थ्यो की तिमीले जे गर्थ्यो चुपचाप सहनु पर्थ्यो । र की मेरो मायाका कुरा महेशलाई सुनाउनु हुदैनथ्यो तर म सकिन यी सबै मध्ये केही गर्न सकिन तर प्रयास नै नगरेको भने होइन । यसबिचमा मैले गरे सन्ताप र पीर अनि आफै माथी घृणा जागेर हुदाखादाको जागीर छाडे । विश्वासघातको पीडाले कैयो राती भोकै सुते । वीना कसरत शरीरको तौल ७२बाट घटाइ ५२ पुरयाए । मनोवल खसालेर शरीरमा नानाथरी रोग भित्राए ।
के यती गर्न सक्नु मेरो लागि काफी थिएन त, साच्चै भन्ने हो भने मैले जे सके त्यही गरे । तर विडम्वना मैले गरेको मायामाथि मलाई कहिल्लै पनि पश्चाताप भएन त्यसैले प्रायश्चित गर्ने आवश्यक्तावोध नै भएन । सोचे मेरो मायामा के कमी थियो भनेर अहँ मैले केही पाईन । मायामा धोका, विश्वासमा घात हुन्छ भन्ने सुनेको थिए मैले यी सबै सहे आत्मसात गरे । मन भित्र अथाह पीडा छ, ती पीडाबाट उन्मुक्ति खोजे, उन्मुक्ति पाउन सकुला झै त मलाई लाग्दैन तै पनी सान्तवनाले पीडा कम हुन्छ भनेर फेरी एक पटक तिम्रै शरणमा आए । हो मलाई तिमीले माया गर्दिनौ कीनकी म मन पर्न छाडे । के को लागि मसँग आएकी थियौ अनि के नपाएर मबाट टाडा भयौ मैले केही बुझ्न सकेको छैन । तिमी स्वतन्त्र छौ आफ्नै किसिमले जीवन वाच । तर मलाई नै उल्टो घृणा गर्नुको कारण के हो यसको जवाफ नपाउदा सम्म न म रामोसँग वाच्न सक्ने छु न त मर्न नै ।
उही अभागी संजिव
Read more...
Kathmandu Time